बार्यनका नेउरले जिते ‘फिफा द बेस्ट गोलकिपर’को अवार्ड

काठमाडौं, पुस ३
जर्मन क्लब बार्यन म्युनिख तथा जर्मनीको राष्ट्रिय फुटबल टिमका प्रमुख गोलकिपर म्यानुएल निउरले यस वर्षको सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । गत राति फिफाको वार्षिक अवार्ड घोषणा सभामा उनी ‘फिफा द बेस्ट गोलकिपर’बाट सम्मानित भएका हुन् ।

३४ वर्षीय नेउरले गत सिजन बार्यनलाई च्याम्पियन्स लिग र बुन्डेसलिगातसहित ट्रिबेल उपाधि जिताउन मुख्य योगदान दिएका थिए । वर्ष २०२० भरिमा बार्यनले कूल ५ उपाधि जित्दा नेउरले बार्यनको गोल पोस्ट सम्हालेका थिए ।

यसपटक बेस्ट गोलकिपर अवार्डका लागि टप–३ मनोनयनमा इंग्लिस क्लब लिभरपुलका ब्रालिलियन गोलकिपर एलिसन बेकर, एथ्लेटिको मड्रिडका जान ओब्लाक र नेउर परेका थिए ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ११:१४
Loading...