बार्यनका फ्लिकलाई उछिन्दै क्लोपले जिते ‘फिफा द बेस्ट कोच’ अवार्ड

काठमाडौं, पुस ३
इंग्लिस क्लब लिभरपुलका प्रमुख प्रशिक्षक जोर्गेन क्लोपले वर्ष २०२० का लागि सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । गत राति उनी फिफाको वार्षिक अवार्ड घोषणा कार्यक्रममा ‘फिफा द बेस्ट कोच’ घोषणा भएका हुन् ।

जर्मन कोच क्लोपले गत सिजन लिभरपुललाई ३० वर्षपछि घरेलु प्रिमियर लिगको उपाधि जिताएका थिए । यसपटक क्लोपसँगै बेस्ट कोचकाला टप–३ मा जर्मन क्लब बार्यन म्युनिखका हान्स फ्लिक र प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मार्सेलो बिएल्सा परेका थिए । तर, अवार्डका लागि बार्यनलाई २०२० भित्रमा ५ वटा उपाधि जिताउने फ्लिकलाई प्रमख दाबेदार मानिए पनि क्लोपले अवार्ड जितेका हुन् ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ११:०८
Loading...