स्वारेजलाई पछि पार्दै सनले जिते ‘द फिफा पुस्कास अवार्ड’

काठमाडौं, पुस ३
इंग्लिस क्लब टोटनह्याम तथा दक्षिण कोरियाका स्टार फरवार्ड सन हेङ मिनले यस वर्षको ‘द फिफा पुस्कास अवार्ड’ जितेका छन् । गत राति फिफाले सनलाई वर्षकै उत्कृष्ट गोलकर्ताले पाउने अवार्डले सम्मानित गरेको गरेको हो ।

सनले गत वर्ष प्रिमियर लिगअन्तर्गत बर्नलीविरुद्ध सोलो गोल गरेका थिए । उनले मैदानको वल्लो छेउबाट एक्लै दौडाएर लगेर गरेको सोही गोलले वर्षकै बेस्ट गोलको अवार्ड जितेको हो । त्यसबेला सनले गरेको सो गोलको चर्चा निकै भएको थियो ।

यसपटक पुस्कास अवार्डका लागि सनसँगै स्पेनिस बार्सिलोनाका पूर्वखेलाडी लुइस स्वारेज र ब्राजिलियन क्लब फ्लामेन्गोका जियोर्जिएन अर्रास्काइटा टप–३ मनोनयनमा परेका थिए । यी दुवैलाई सनेले पछि पार्दै अवार्डमा बाजी मारेका हुन् ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १०:४०
Loading...