रोनाल्डो र मेस्सीलाई उछिन्दै लेवान्डोस्कीले जिते ‘फिफा बेस्ट’ अवार्ड

काठमाडौं, पुस ३
जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले फिफा द बेस्ट अवार्ड जितेका छन् । उनले अर्जेन्टिनाका लिओनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै करिअरमा पहिलोपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । गत राति फिफाले ३१ वर्षीय पोलिस खेलाडीलाई ‘फिफा द बेस्ट’ अवार्डले सम्मानित गरेको हो ।

यसअघि वर्ष खेलाडीका लागि फिफाले टप–३ मनोनयन सार्वजनिक गरेको थियो । जसमा लेवान्डोस्कीसँगै रोनाल्डो र मेस्सी परेका थिए । गत वर्ष बार्यन म्युनिखका लागि गरेको प्रदर्शन र सफलताका आधारमा यसपटक लेवान्डोस्कीले यस अवार्डमा बाजी मारेका हुन् । गत सिजन उनले कूल ४७ खेलबाट ५५ गोल गरेका थिए ।

गत सिजन उनले बार्यनबाट बुन्डेसलिगा र च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जित्दा प्रमुख योगदान दिएका थिए । जारी सिजन पनि उनले क्लब र राष्ट्रिय टिममा समेत उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०७:४७
Loading...