बार्सिलोना भर्सेस सोसिडाड : पहिलो हाफमा बार्सिलोना २–१ ले अघि

काठमाडौं, पुस २
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र रियल सोसिडाडबीचको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले २–१ को अग्रता बनाएको छ । निकै रोमाञ्चक खेलमा पाहुना टोली सोसिडाडले पहिला खेलमा अग्रता लिएको थियो ।

खेलको २७औं मिनेटमा सोसिडाडका लागि विलियम जोसेले पोस्ट नजिकैबाट गोल गरेका थिए । उनले पोर्टुको क्रस पासमा गोल गरेका थिए । तर, सोसिडाडको अग्रता धेरैबेर टिकेन । गोल खाएको ३ मिनेटमै घरेलु बार्सिलोना खेलमा फर्कियो ।

खेलको ३१औ मिनेटमा जोर्डी अल्बाले बक्स भित्रबाट माथिल्लो बार च्याप्दै हानेको शक्तिशाली प्रहारल सोझै जाली चुमेपछि खेल १–१ भयो । अल्बाले निकै दर्शनीय गोल गरेका थिए । सो गोलपछि सोसिडाड र बार्सिलोना दुवैले गोलका अवसर पाए पनि गोल भएन । बार्सिलोनाका एन्टोनी ग्रीजम्यानको एक प्रहार बारमा लागेर फर्किंदा बार्सिलोना पहिलो हाफमा अग्रता लिनबाट चुकेको थियो । तर, खेलको ४३औं मिनेटमा फ्रेन्की डे जोङले गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता बनाएको हो ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ०२:३३
Loading...