युभेन्टस भर्सेस एटलान्टा : पहिलो हाफमा युभेन्टस १–० ले अघि

काठमाडौं, पुस २
इटालियन सिरी ए लिग फुटबलमा अहिले युभेन्टस र एटलान्टाको खेल जारी छ । युभेन्टसको घरेलु मैदान इलिनाज रंगशालामा जारी खेलको पहिलो हाफमा युभेन्टसले १–० को अग्रता लिएको छ । घरेलु टोलीका लागि खेलको २९औं मिनेटमा नयाँ खेलाडी फेडरिको किइजाले निकै दर्शनीय गोल गरे ।

उनले रोड्रिगो बेन्टाकुरले दिएको पास नियन्त्रणमा लिएर बक्स भित्रबाट एटलान्टाका डिफेन्डरलाई छलाउँदै सुन्दर प्रहारमा बललाई जाली चुमाएका थिए । उनको बार च्यापेर हानेको प्रहार एटलान्टाका गोलकिपरले रोक्ने कूनै मौका नै पाएनन् ।

यता, युभेन्टसका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलो पहिलो हाफमा घाइते भए । खेलको २२औं मिनेटमा एटलान्टाका दुई खेलाडीको ट्याकलमा परेका उनीको खुट्टामा चोट परेको छ । चोट बोकेपछि उनले केही समय प्रारम्भिक उपचारपछि खेल्न प्रयास गरे पनि नसकेपछि २७औं मिनेटमा मैदान छाडेका थिए ।

प्रकाशित मिति २ पुष २०७७, बिहीबार ००:०२
Loading...