युभेन्टस र एटलान्टाको प्लेइङ ११ घोषणा : को–को परे ?

काठमाडौं, पुस १
इटालियन सिरी ए लिग फुटबलमा अबको केहीबेरमा युभेन्टस र एटलान्टाको खेल हुँदै छ । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि युभेन्टस र एटलान्टा दुवैले आ–आफ्नो प्लेइङ–११ घोषणा गरेका छन् । दुवै टोलीमा आजको खेलका लागि प्रमुख खेलाडीलाई समावेश गरिएको छ । आजको खेलबाट युभेन्टस अंक तालिकामा अवस्था सुधार गर्ने दाउमा छ भने एटलान्टा पनि युभेन्टसलाई उसकै घरमा हराएर ३ अंक जोड्ने होडमा छ । यी दुई टोलीबीच पछिल्लोपटक भएको लिग खेल २–२ को बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार २२:१४
Loading...