३६ वर्षीय रोनाल्डो युरोपको सर्वाधिक गोलकर्ता : यस्तो छ ताजा अवस्था

काठमाडौं, पुस १
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्ष २०२० मा युरोपियन टप–५ लिगको सर्वाधिक गोलकर्तामा सबैभन्दा अगाडि छन् । ताजा अवस्थामा पोर्चुगिज रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् ।

युइएफएले आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यांकअनुसार वर्ष २०२० को यहाँसम्म आइपुग्दा रोनाल्डो कूल ३१ गोलसहित शीर्ष स्थानमा छन् । रोनाल्डो दुई महिनापछि ३६ वर्ष पुग्दैछन् । तैपनि, रोनाल्डो यो सिजन उत्कृष्ट लयमा खेलिरहेका छन् । उनले नयाँ सिजन सिरी ए लिगा मात्रै ७ खेलबाट १० गोल गरेर ३ असिस्ट प्रदान गरेका छन् । उनले यस वर्ष लिगमा कूल ७ खेल गुमाए ।

त्यसैगरी, सूचीको दोस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । उनले २०२० भरिमा यहाँसम्म आइपुग्दा कूल २८ गोल गरेका छन् भने इटालियन लाजियोका सिरो इम्मोबिलेले २५ गोलसहित तेस्रो स्थानमा छन् । यस सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी टप–१० मा परेका छैनन् ।

युरोपका टप–५ लिमगा आज (बुधबार) राति यो सूचीका सबैजसो खेलाडीले आ–आफ्नो खेल खेल्दैछन् । आज रातिका खेलपछि हालको गोल संख्याको तथ्यांक परिवर्तन हुनेछ ।

यस्तो छ ताजा स्थितिमा युरोपको सर्वाधिक गोलकर्ताको सूची:

प्रकाशित मिति १ पुष २०७७, बुधबार २१:३८
Loading...