यस्तो हुनेछ आज राति युभेन्टस र एटलान्टाको प्लेइङ–११

काठमाडौं, पुस १
इटालियन सिरी ए लिग फुटबलमा आज राति युभेन्टस र एटलान्टाको रोमाञ्चक खेल हुँदैछ । यो खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ । आज राति घरेलु मैदानमा हुने यो खेल जितेर युभेन्टस अंक तालिकामा अवस्था सुधार्ने दाउमा छ ।

हाल युभेन्टस ११ खेलपछि २३ अंक बनाएर चौथो स्थानमा छ भने एटलान्टा १० खेलपछि १७ अंक बनाएर नवौं स्थानमा रहेको छ । लिगका दुई बलिया टोली एकअर्काविरुद्ध भिड्ने भएकाले आजको खेल दुवै टोलीका लागि निकै दबाबपूर्ण हुने पक्का छ । आज राति हुने खेलका लागि यस्तो हुनेछ युभेन्टस र एटलान्टाको सम्भावित प्लेइङ–११:

Juventus Predicted XI (4-4-2): Wojciech Szczesny; Danilo, Matthijs de Ligt, Leonardo Bonucci, Alex Sandro; Juan Cuadrado, Rodrigo Bentancur, Adrien Rabiot, Weston McKennie; Paulo Dybala, Cristiano Ronaldo

Atalanta Predicted XI (3-4-3): Pierluigi Gollini; Berat Djimsiti, Cristian Romero, Rafael Toloi; Robin Gosens, Remo Freuler, Marten de Roon, Hans Hateboer; Matteo Pessina, Ruslan Malinovskiy, Duvan Zapata

प्रकाशित मिति १ पुष २०७७, बुधबार १८:४४
Loading...