सिरी ए लिगमा आज एकैदिन ७ खेल : इन्टर मिलान र नापोली पनि भिड्दै

काठमाडौं, पुस १
इटालियन सिरी ए लिग फुटबलमा आज एकैदिन विभिन्न ७ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमा युभेन्टस भर्सेस एटलान्टा र इन्टर मिलान भर्सेस नापोलीको खेल सबैभन्दा आकर्षक खेलहरू हुनेछन् । लिग लिडर एसी मिलानले आजै आफ्नो खेल जेनोआसँग खेल्दा रोमाले टोरिनोसँग खेल्ने तालिका छ ।

हाल अंक तालिकामा समान ११ खेलपछि एसी मिलान २७ अंकसहित शीर्ष स्थानमा रहेको छ । २४ अंक भएको इन्टर मिलान दोस्रोमा रहँदा २३ अंक भएको नापोली तेस्रो तथा २३ नै अंक भएको युभेन्टस चौथो स्थानमा छ । २२ अंक भएको सासुओलो पाँचौं स्थानमा रहँदा २१ अंक भएको रोमा छैटौं स्थानमा छ ।

आजका रोमाञ्चक खेलमध्ये एक खेलमा युभेन्टसले एटलान्टालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा इन्टर मिलानले नापोलीलाई आफ्नो घरमा भित्र्याउनेछ । एसी मिलान जेनोआको घरमा उत्रिँदा रोमाले टोरिनोलाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

आजका खेल नेपाली समयमा

युभेन्टस भर्सेस एटलान्टा – राति ११ः१५ बजे

राति एकै समय १ः३० बजेबाट हुने खेलहरू

भेरोना भर्सेस साम्पडोरिया

स्पेजिया भर्सेस बोलोग्ना

जेनोआ भर्सेस एसी मिलान

फियोरेन्टिना भर्सेस सासुओलो

पार्मा भर्सेस क्याग्लिअरी

इन्टर मिलान भर्सेस नापोली

रोमा भर्सेस टोरिनो

प्रकाशित मिति १ पुष २०७७, बुधबार १४:३४
Loading...