सिटीलाई झन् मुस्किल : १९औं स्थानको टिमसँग आफ्नै घरमा रोकियो

काठमाडौं, पुस १
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीका लागि यो जिन झनै खराब बन्दै गएको छ । गत राति लिगको भएको लिगको १२औं खेलमा आफ्नै घरेलु मैदानमा यसै सिजन शीर्ष लिगमा बढुवा भएको वेस्ट ब्रुमसँग निराशाजनक १–१ को बराबरीमा रोकिएपछि सिटीलाई अंक तालिकामा अर्को ठूलो झट्का लागेको छ ।

आफ्नो घरमा सिटीले १ भन्दा बढी गोल गर्न नसक्दा पाहुना टोलीसँग अंक बाँड्न बाध्य भयो । सिटीले १ आत्मघाती गोल गरेपछि उसले घरैबाट २ अंक गुमाउनु परेको हो । १९औं स्थानको वेस्ट ब्रुमविरुद्ध आक्रामक खेल खेले पनि सिटीलाई यस खेलमा गोलको खडेरी चर्कै थियो ।

सिटीले खेलको ३०औं मिनेटमा इकाई गुन्डोगानको गोलबाट अग्रता लिएको थियो । सो गोलमा रहिम स्टर्लिङले गोल गरेका थिए । तर, खेलको ४३औं मिनेटमा सिटीका युवा डिफेन्डर रुबेन डाइजले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफ १–१ मा सकियो ।

त्यसपछि दोस्रो हाफमा सिटीले विजयी गोलका लागि ठूलै संघर्ष गरे पनि थप गोल निकाल्न सकेन । र, सिटीले खेल निराशाजनक १–१ को बराबरीमा टुंगायो । सिटीले खेलभरिमा कूल २६ पटक आक्रमण बुन्दा पनि दोस्रो गोल निकाल्न नसक्दा उसले अर्को खेलमा अंक गुमाउन बाध्ध भयो । सिटीले अघिल्लो खेल पनि बराबरी गरेको थियो । उसले लिगका पछिल्ला ५ खेलमध्ये २ मात्रै खेल जितेर २ बराबरी गरेको छ भने १ खेल हारेको छ ।

अब यो बराबरीसँगै सिटीले १२ खेलबाट मात्रै २० अंक बनाएको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ । पेप ग्वार्डिओलाले सिटी सहाल्न थालेयता सिटी लिगमा सबैभन्दा खराब स्थितिमा आइपुगेको छ । अब समान खेलपछि सिटी लिग लिडर टोटनह्यामभन्दा ५ अंकले पछि परेको छ । यता, सिटीलाई रोकेको वेस्ट ब्रुम १३ खेलपछि ७ अंकका साथ १९औं स्थानमा यथावत छ ।

प्रकाशित मिति १ पुष २०७७, बुधबार ०९:३२
Loading...