गोल्डेन प्लेयर अवार्ड लेवान्डोस्कीको पोल्टामा

काठमाडौं, मंसिर ३०
जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले ‘गोल्डेन प्लेयर अवार्ड’ जितेका छन् । यो अवार्ड इटालीको चर्चित पत्रिका ‘टुट्टो स्पोर्ट्स’ ले वर्षेनी प्रदान गर्छ । यसपटक सो अवार्ड लेवान्डोस्कीको पोल्टामा परेको हो ।

सोमबार एक सभाबीच आयोजकले लेवान्डोस्कीलाई सो अवार्डले प्रदान गरेको हो । गत सिजन लेवान्डोस्कीकै उच्च प्रदर्शनको बलमा बार्यनले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जितेको थियो । उनले गत सिजन ४७ खेलबाट कूल ५५ गोल गरेका थिए ।

उनले ययसअघि युइएफए वर्ष खेलाडीको अवार्ड जितिसकेका छन् । अब फिफा वर्ष खेलाडीका लागि पनि लेवान्डोस्कीलाई नै प्रमुख दाबेदार मानिएको छ । जारी सिजन उनले बार्यनका लागि १४ खेलबाट १३ गोल गरिसकेका छन् ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार २०:०४
Loading...