‘ग्लोब सकर अवार्ड’ र ‘प्लेयर अफ् द सेन्चुरी’का लागि अन्तिम मनोनयन घोषणा

काठमाडौं, मंसिर ३०
वर्ष २०२० का लागि दिइने ‘ग्लोब सकर प्लेयर अफ् द इयर’ अवार्डका लागि अन्तिम मनानेयन घोषणा भएको छ । दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्दे वर्ष २०२० मा दिइने अवार्डका लागि टप–३ मनोनयन सार्वजनिक गरेको हो ।

यसपटक अन्तिम टप–३ मनोनयनमा पोर्चुगल तथा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित जर्मन क्लब बार्यन म्युनिख र स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी परेका छन् । यो अवार्ड गत वर्ष रोनाल्डोले जितेका हुन् । यो अवार्ड सबैभन्दा धेरैपटक जित्ने रोनाल्डो नै हुन् ।

यता, ‘प्लेयर अफ् द सेन्चुरी’ को अन्तिम मनोनयन पनि घोषणा भएको छ । शताब्दी खेलाडीको मनोनयनमा पनि युभेन्टसका रोनाल्डो परेका छन् । उनीसँगै इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका मोहमद सालाह र ब्राजिलियन रोनाल्डिन्हो परेका छन् । यसपटक ग्लोब सकर अवार्डका लागि बार्यनका लेवान्डोस्की र युभेन्टसका रोनाल्डोलाई मुख्य दाबेदार मानिएको छ ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १९:२४
Loading...