सन पाँचौंपटक वर्ष खेलाडी घोषित : बन्यो कीर्तिमान

एजेन्सी, मंसिर ३०
इंग्लिस क्लब टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने स्टार फरवार्ड सन हेङ मिन पुरुष फुटबलतर्फ साउथ कोरियाको वर्ष खेलाडी घोषित भएका छन् । उनलाई आज ‘केएफए प्लेयर अफ् द इयर–२०२०’ घोषणा गरिएको हो । उनले पाँचौंपटक यो अवार्ड जितेका हुन् ।

यससँगै सन अब ‘केएफए प्लेयर अफ् द इयर’ सबैभन्दा धेरैपटक जित्ने खेलाडी बनेका छन् । सन कोरियाको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत हुन् । आज केएफए (द कोरिया फुटबल एसोसिएसलन) ले सनलाई वर्ष खेलाडी घोषित गर्दै बधाई दिएको छ ।

२८ वर्षीय सनले कोरियाको राष्ट्रिय टिमका लागि लागि ८९ खेल खेल्दै २६ गोल गरेका छन् । यता, जारी सिजन क्लबमा पनि उनी उत्कृष्ट लयमा खेलिरहेका छन् । उनले क्लबका लागि यो सिजन हालसम्म १९ खेलबाट १३ गोल र ६ असिस्ट गरेका छन् । उनले १९ खेलबाट १९ गोलमै योगदा नदिएका छन् ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १८:४२
Loading...