आज प्रिमियर लिगमा हुने खेलहरूबारे जानकारी

काठमाडौं, मंसिर ३०
इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने एक खेलमा उल्भ्स र चेल्सीको रोमाञ्चक खेल हुनेछ अर्को खेलमा म्यानचेस्टर सिटी र वेस्ट ब्रुम आमनेसामने हुनेछन् । आज २ खेल भएपछि अन्य खेल भोलि मात्रै हुनेछन् । यस साता लिगमा लिभरपुल र टोटनह्यामको रोमाञ्चक खेल समेत हेर्न पाइनेछ ।

लिगको १२औं साताको खेल खेल्न चेल्सी उल्भ्सको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति ठीक ११ः४५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा चेल्सी १२ खेलपछि २२ अंक बनाएर पाँचौं स्थानमा छ । उल्भ्स १२ खेलपछि १७ अंक बनाएर १३औं स्थानमा रहेको छ ।

आज हुने अर्को खेलमा म्यानचेस्टर सिटी र वेस्ट ब्रुम भिड्दैछन् । यो खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । खेल सिटीको घरेलु मैदानमा हुनेछ । हाल अंक तालिकामा सिटी ९ खेलपछि १९ अंक बनाएर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १५:४९
Loading...