युरोपियन टप–५ लिगमा रोनाल्डोले बनाए शताब्दीकै दुर्लभ रेकर्ड

काठमाडौं, मंसिर २९
इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोपियन टप–५ लिगमा नयाँ रेकर्ड बनाएका छन् । उमेरले ३६ वर्ष नजिक रहेका पोर्चुगिज फरवार्ड रोनाल्डो अब युरोपका शीर्ष लिगमा ४०० खेल जित्ने २१औं शताब्दीकै पहिलो खेलाडी बनेका छन् ।

गत राति युभेन्टसले सिरी ए लिगमा जेनोआलाई अवे मैदानमा १–३ ले हरायो । सो जित रोनाल्डोका लागि करिअरको ४००औं जित थियो । यी ४०० जित उनले सबै शीर्ष लिगमा हाँसिल गरेका हुन् । यसअघि कुनै पनि खेलाडीले शीर्ष लिगमा ४०० खेल जितेका थिएनन् ।

गत रातिको खेलमा रोनाल्डोले २ गोल पेनाल्टीमार्फत् गरेका थिए । जारी सिजन रोनाल्डोले सिरी ए लिगमा ६ खेलबाट १० गोल गर्दै २ असिस्ट गरेका छन् । उनी एसी मिलानका ज्लाटन इब्राहिमोभिचसँगै लिगको सर्वाधिक गोलकर्ताका सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार २०:५०
Loading...