च्याम्पियन्स लिगमा राउन्ड १६ कोे ड्र सार्वजनिक : कसको भिडन्त कोसँग ?

काठमाडौं, मंसिर २९
युरोपियन च्याम्पियन्स लिग फुटबलमा जारी सिजनअन्तर्गत अन्तिम १६ चरणको ड्र घोषणा भएको छ । आज सोमबार स्वीट्जरल्यान्डको नियोन सहरस्थित युइएफएको केन्द्रीय कार्यालयमा नेपाली समयअनुसार साँझ ड्र भएको हो ।

यसपटक स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्ल्ब पिएसजी अन्तिम १६ मै भिड्ने भएका छन् । यसलाई टाईलाई राउन्ड १६ को सबैभन्दा कठिन खेल मानिएको छ । यसबाहेक अन्य सबैजसो ठूला टिमले तुलनात्मक रूपमा सहज प्रतिस्पर्धी पाएका छन् । यस्तो छ ड्र–

अन्तिम १६ का खेल कहिले ?

अन्तिम १६ मा यसपटक होम उन्ड अवे गरी दुवै लेग हुनेछन् । गत सिजन कोरोना भाइरसका कारण समय अभाव हुँदा अन्तिम आठदेखि सिंगल लेग मात्रै खेलाइएको थियो । तर, यसपटक सबै चरणका खेल दुवै लेगमा हुनेछन् । युइएफएको तालिकाअनुसार यसपटक अन्तिम १६ मा पहिलो लेगका खेल २०२१ को फेब्रुअरी महिनाको १६, १७ तथा २३ र २४ ताखिमा हुनेछन् । त्यसैगरी, दोस्रो लेगका खेलहरू २०२१ को मार्च ९ र १० तथा १६ र १७ तारिखमा हुनेछन् ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १९:१२
Loading...