काठमाडौं, मंसिर २९
स्पेनिस ला लिगा फुटबल प्रतियोतिमा अहिले नवौं स्थानको बार्सिलोना र १८औं स्थानको लेभान्टेको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित ०–० को अवस्थामा सकिएको छ ।
घरेलु मैदानमा बार्सिलोनाले खेलमा पकड जमाए पनि उसले गोल निकाल्न्न सकेन । उसले पहिलो हाफमा दर्जनपटक मुभ बनायो । तर, क्लेमेट लेङलेट, एन्टोनी ग्रीजम्यान चुक्दा गोल भएन । जोर्डी अल्बाको एक शक्तिशाली भली प्रहार लेभान्टेका गोलकिपरले बचाए ।
यता, पाहुना टोली लेभान्टेले पनि बार्सिलोनाविरुद्ध सन्तोषजनक प्रदर्शन गरिरहेको छ । उसले पनि केही गोलका अवसर बनायो । तर, फिनिसिङमा चुक्दा बार्सिलोना तीनपटक गोल खानबाट बच्यो । क्याम्प नोउमा लेभान्टेका गोलकिपरले उत्कृष्ट बचाउ गरिरहेका छन् । यता, बार्सिलोनाका गोलकिपरले पहिलो हाफमा दुई कठिन प्रहार बचाए ।
प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार ०२:३०