काठमाडौं, मंसिर २८
इटालियन सिरी ए लिग फुटबलमा अबको केहीबेरमा १८औं स्थानको जेनोआ र युभेन्टसको खेल हुँदैछ । खेल नेपाली समयअनुसार ठीक १०ः४५ बजेबाट जेनाओको घरेलु मैदानमा सुरु हुनेछ । आजको खेल युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि १००औं खेल हो । सो खेलका लागि युभेन्टसले आफ्नो प्लेइङ–११ घोषणा गरेको छ ।