काठमाडौं, मंसिर २८
फ्रान्सको शीर्ष लिग वान फुटबलमा आज राति एक रोमाञ्च्क खेल हुँदैछ, जहाँ लिग लिडर पिएसजी र चौथो स्थानको लियोन सिजनको पहिलो खेल खेल्न आमनेसामने हुँदैछन् । यो खेलका लागि पिएसजीले लियोनलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।
हाल अंक तालिकामा पिएसजी १३ खेल सकिँदा कूल २८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यता, लियोनले समान १३ खेल सकिँदा २६ अंक बनाएको छ । यी दुई टोलीबीच हाल मात्रै २ अंकको फरक छ ।
आज रातिको खेलबाट पिएसजी घरेलु मैदानमा लियोनलाई हराएर ३ अंक थप्दै शीर्ष स्थानमा अंक दूरी बढाउने दाउमा छ । तर, लियोन भने आज पिएसजीलाई उसकै घरमा सिजनको चौथो हार खुवाउँदै आफू शीर्ष स्थानमा उक्लिने दाउमा छ ।
प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १७:३३