शानदार रोनाल्डो : आज राति शतक पूरा गर्दै

काठमाडौं, मंसिर २८
इटालियन क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबमा लागि आज राति शतकीय खेल खेल्दैछन् । इटालीमा तेस्रो सिजन बिताउनेक्रममा रोनाल्डोले आज राति युभेन्टसका लागि १०० खेल खेल्न लागेका हुन् । सन् २०१८ मा स्पेनिस कलब रियल मड्रिडबाट ११६ मिलियन युरोमा युभेन्टस पुगेका रोनाल्डोले हालसम्म ९९ खेल खेलिसकेका छन् ।

युभेन्टसले लिगमा आज राति अवे मैदानमा जेनोआसँग खेल्दै छ । रोनाल्डोका लागि सो खेल १००औं खेल हुनेछ । आज राति रोनाल्डो सो खेलमा सुरुआतबाटै खेल्दै १०० खेलको कोसेढुंगा पूरा गर्ने तयारीमा छन् । रोनाल्डोका लागि सो खेल गोेल संख्या बढाउन पनि महत्त्वपूर्ण हुनेछ ।

अढाई वर्ष युभेन्टसमा बिताइसकेका रोनाल्डोले हालसम्म ९९ खेल खेल्दा ७७ गोल गर्दै २१ गोलमा असिस्ट गरेका छन् । गोल प्लस असिस्ट गर्दा उनले ९९ खेलबाट ९८ गोलमा योगदान दिएका छन् । आज राति उनले २ गोल गरे वा २ गोलमा सोझै सहभागी भए ठीक १०० खेलबाट १०० गोलमै योगदान दिनेछन्, जुन ३६ वर्ष पुग्न लागेका रोनाल्डोका लागि शानदार रेकर्ड हुनेछ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार १४:२०
Loading...