चेल्सीलाई एभर्टनले हरायो : टुंगियो १७ खेलको अपराजित यात्रा

काठमाडौं, मंसिर २८
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सिजनको दोस्रो हार व्यहोरेको छ । गत राति भएको लिगको १२औं साताको खेलमा चेल्सीलाई कार्लेस एन्सेलोट्ीको टोली एभर्टनले आफ्नो घरेलु मैदानमा १–० अन्तरले निराश बनायो ।

गुडिसन पार्कमा २ हजार घरेलु दर्शकसहित खेलेको एभर्टनले यो सिजन उत्कृष्ट लयमा रहेको चेल्सीमाथि कठिन जित निकाल्न १ मात्रै पेनाल्टी गोल गरेको थियो । खेलको २२औं मिनेटमा कप्तान गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत् गोल गरेर चेल्सीविरुद्ध १–० को अग्रता दिलाएका थिए । गोलकिपर एडुआर्ड मेन्डीले फरवार्ड डोमिनी काल्भर्ट लेविनलाई बक्समा लडाएपछि रेफ्रीले एभर्टनलाई पेनाल्टी दिएका थिए ।

गोल खाएपछि चेल्सीले खेलभरि नै खेलमा फर्किन सकेन । र, खेल एभर्टनले जित्यो । यससँग चेल्सीले यो सिजन दोस्रो हार भोगेको छ । यो हारसँगै चेल्सीले अंक तालिकाको शीर्ष स्थानमा चढ्ने मौका पनि गुमाएको छ । चेल्सी अब २२ अंकसहित तेस्रो स्थानमा रहँदा एभर्टन २० अंक बनाएर सातौं स्थानमा चेढेको छ ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ११:१०
Loading...