मड्रिड डर्बी भिडन्त : पहिलो हाफमा रियल १–० ले अघि

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबलमा अहिले नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी खेल हुँदैछ । रियल मड्रिडको टिम ‘बी’ को घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानो रंगशालामा जारी खेलमा रियल मड्रिडले पाहुना टोल एथ्लेटिको मड्रिडविरुद्ध १–० को अग्रता लिएको छ ।

रियलका लागि खेल सुरु भएको १५औं मिनेटमै ब्राजिलियन मिडफिल्डर कासेमिरोले गोल गर्दै अग्रता लिएका थिए । टोनी क्रुसको कर्नर किकबाट आएको बलमा बक्सभित्र अनर्माक रहेका कासेमिरोले निकै सुन्दर फिनिसिङमा गाल गरेका थिए ।

पहिलो हाफमा रियलले एथ्लेटिकोविरुद्ध कूल ७ आक्रमण बुन्दा ३ प्रहार अन टार्गेट होनेको छ । तर, पाहुना टोली एथ्लटिकोले पहिलो हाफमा रियलको पोस्टमा एकपटक पनि आक्रमणको मुभ बनाउन सकेन, अन टार्गेट प्रहारको त कुरै भएन ।

प्रकाशित मिति २८ मंसिर २०७७, आईतवार ०२:३२
Loading...