मड्रिड डर्बी भिडन्त : यस्तो हुनेछ एथ्लेटिको र रियलको प्लेइङ–११

काठमाडौं, मंसिर २७
स्पेनिस ला लिगा फुटबलमा आज राति नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो मड्रिड डर्बी खेल हुँदैछ । मड्रिड सहरका दुई बलिया र चीर प्रतिद्वन्द्वी क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड आज राति एकअर्काविरुद्ध उत्रिन लागेका हुन् । यो खेल रियल मड्रिडको टिम ‘बी’ को घरेलु मैदान स्टाडियो अल्फ्रेडो डि स्टेफानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ ।

आज राति सो खेलमा दुवै टोलीका प्रशिक्षकले पहिलो रोजाइका खेलाडी उतार्नेछन् । पाहुना टोली एथ्लेटिको आज लुइस स्वारेज, जुआओ फेलिक्स, मार्कोस लोरेन्टोसहितका खेलाडी लिएर उत्रिनेछ । यता, घरेलु टोली रियलको टोलीमा आज सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । इडेन हाजार्ड चोटमुक्त भएर मैदान फर्किए पनि उनले आज खेल्नेमा आशंका छ ।

तर, कप्तान सर्जियो रामोस, फेडे भाल्भर्डे, कासेमिरोसहितका खेलाडी घरेलु टोलीमा एथ्लेटिकोविरुद्ध खेल्न तयार छन् । आज टोलीमा करिम बेन्जेमा, भिनिसियस जुनियरसहितका खेलाडी पनि उपलब्ध छन् ।

Real Madrid XI:

Courtois, Carvajal, Varane, Ramos, Mendy, Casemiro, Modric, Kroos, Lucas Vázquez, Benzema, Vinicius.

Atlético Madrid XI:

Oblak, Savic, Felipe, Hermoso, Trippier, Carrasco, Llorente, Koke, Saúl, Luis Suárez, João Félix.

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार १८:१६
Loading...