no-image

काठमाडौं, मंसिर २७
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज यो सिजनको पहिलो म्यानचेस्टर डर्बी भिडन्त हुँदैछ । सिजनको पहिलो खेलका लागि म्यानचेस्टर युनाइटेडले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल ओल्ड ट्राफोर्ड रंगशालामा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा युनाइटेड सातौं स्थानमा छ भने सिटी आठौं स्थानमा छ । समान १० खेलपछि युनाइटेडले १९ अंक बनाउँदा १८ अंक भएको सिटी आठौं स्थानमा रहेको छ । यी दुई टोलीबीच मात्रै १ अंकको फरक छ । आज स्पष्ट जित्ने टोली अंक तालिकामा माथि उक्लिनेछ ।

प्रिमियर लिगको सबैभन्दा ठूलो खेलका रूपमा लिइने डर्बी भिडन्त सधैं प्रतीक्षाको खेल बन्ने गर्छ । यी दुईले अन्तिमपटक २०२० को मार्च ८ तारिखमा प्रिमियर लिगमै भिडेका थिए । युनाइटेडको घरेलु मैदानमा भएको सो खेलमा सिटी २–० ले हारेको थियो । आज युनाइटेडकै घरमा उत्रिँदा सिटी सो हारको बदला लिने दाउमा हुनेछ ।

आज हुने खेलहरू नेपाली समयमा

उल्भ्स भर्सेस एस्टोन भिल्ला – साँझ ६ः१५ बजे

न्युक्यासल भर्सेस वेस्ट ब्रुम – राति ८ः४५ बजे

म्यानचेस्टर युनाइटेड भर्सेस म्यानचेस्टर सिटी – राति ११ः१५ बजे

एभर्टन भर्सेस चेल्सी – राति १ः४५ बजे

प्रकाशित मिति २७ मंसिर २०७७, शनिबार ११:४०
Loading...