कतार विश्वकप छनौट : एसियाली छनौटको नयाँ खेल तालिका सार्वजनिक

काठमाडौं, मंसिर २६
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको छनौट चरणको नयाँ खेल तालिका सार्वजनिक भएको छ । आज एसियाली फुटबल संघ (एएफसी) ले छनौटअन्तर्गत दोस्रो चरणको खेल तालिका घोषणा गरेको हो । यसअघि यस चरणका खेल मार्च र अप्रिल महिनामै हुने गरी तय थियो ।

तर, कोरोना भाइरस महारीका कारण यी खेल अक्टोबरदेखि सर्दै नोभेम्बरसम्म पुगेका थिए । कोरोनाका कारण यी खेल सर्दै आएका थिए । अब नयाँ तािलकानुसार नेपालले दोस्रो चरणअन्तर्गतको खेल सन् २०२१ को मार्च २५ (नेपाली मिति चैत १२) मा चाइनिज ताईपेईसँग खेल्नेछ । नेपालका लागि यो समग्रमा छैनौं खेल हुनछ ।

त्यसैगरी, अस्ट्रेलियासँग नेपालले होम म्याच मार्च ३० (नेपाली मिति चैत १७) गते खेल्नेछ । त्यसपछिको अर्को खेल जुन ७ (नेपाली मिति जेठ २४) गते जोर्डनसँग खेल्नेछ । नेपालले यसअघि सबै अवे खेल र एक होम म्याच खेलिसकेको छ । नेपालले अब खेल्न बाँकी सबै खेल होम म्याच हुन् ।

एसियाली छनौटमा नेपाल समूह ‘बी’ मा छ । नेपालले हालसम्म मात्रै ५ खेल सकिँदा ४ अंक जोडेको छ । नेपाल समूहको चौथो सथानमा छ । यस समूहको शीर्ष स्थनमा १२ अंकसहित अस्ट्रेलिया छ भने समान १०–१० अंक भएका कुवेत र जोर्डन दोस्रो तथा तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १८:४६
Loading...