फर्नान्डेजको दबदबा : तेस्रोपटक ‘प्लेयर अफ् द मन्थ’ घोषित

काठमाडौं, मंसिर २६
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेज प्लेयर अफ् द मन्थ घोषित भएका छन् । आज प्रिमियर लिगले उनलाई नोभेम्बर महिनाका लागि बेस्ट प्लेयर घोषणा गरेको हो । यससँगै पोर्चुगलका खेलाडीले छोटै अवधिमा तेस्रोपटक प्लेयर अफ् द मन्थ अवार्ड जितेका छन् ।

गत जनवरी विन्डोमा मात्रै युनाइटेडमा अनुबन्ध भएका उनले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनले यो सिजन पहिलोपटक तथा जनवरीमा ओल्ड ट्राफोर्ड पुगिकन तेस्रोपटक प्लेयर अफ् द मन्थ अवार्ड जितका हुन् । उनी सबैभन्दा छोटो अवधिमा तीनपटक यो अवार्ड जित्ने खेलाडी हुन् ।

नोभेम्बर महिनामा फर्नान्डेजले कूल ४ खेल खेल्दै ४ गोल र १ असिस्ट गरेका थिए । तर, उनको टिम युनाइटेड भने हालसालै च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भइसकेको छ । युनाइटेड यस प्रतियोगिताबाट आउट भएपनि समूहको तेस्रो स्थानमा रहँदै युरोपा लिगको समूह चरणमा प्रवेश पाएको छ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १८:३०
Loading...