नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं, मंसिर २६
नेपालको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले आफ्नो जिम्मेवारीबाट राजीनामा गरेका छन् । स्वीडेनका नागरिक कालिनको राजीनामा स्वीकृत गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको छ । साथै, एन्फाले बालगोपाल महर्जनलाई कार्यबहाक प्रशिक्षकको जिम्मेवारी दिने निर्णय पनि गरेको गरेको छ ।

कालिनले नोभेम्बर १ तारिखबाट लागू हुने गरी आफ्नो पद छाडेको एन्फाले जनाएको छ । राष्ट्रिय टोली नेतृत्वविहीन भएपछि महर्जनलाई तत्कालका लागि कार्यबहाक जिम्मेवारी दिइएको हो । यसअघि कालिनको नेतृत्वमा ११ खेल खेलेको थियो । जसमा नेपालले मात्रै एक खेल जित्दा २ खेल बराबरी गरेको थियो भने ८ खेल हारेको थियो ।

कालिन नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत मार्च २७ तारिखमा आफ्नो देश स्वीडेन फर्किएका थिए । उनले स्वीडेनबाटै आफूले नेपालको प्रशिक्षबाट पद छाडेको जानकारी दिँदै राजीनामा दिएको खबर गरेका हुन् । कालिनले आफ्नो देशमा हवाई उडानमा समस्या कायमै रहेपछि नेपाल फर्किन नसकेको जनाएका छन् ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार ०९:४६
Loading...