फिफाद्वारा नयाँ वरीयताक्रम सार्वजनिक

काठमाडौं, मंसिर २५
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले डिसेम्बर महिनाका लागि आफ्ना सदस्य राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आज सार्वजनिक वरीयताअनुसार नेपालको वरीयता यथास्थानमा छ । नेपाल १७१औं स्थानमा छ । पछिल्लो एक महिना नेपालले कुनै खेल नखेलेकाले वरीयता यथावतै रहेको हो ।

पछिल्लो महिना दक्षिण एसियाली देशहरूले खेल नखेलेकाले यस क्षेत्रका देशको वरीयता साबिककै रहेको छ । तर, बंगलादेशले भने यस महिना विश्वकप छनौटअन्तर्गत कतारसँगको खेल हारेकाले ऊ दुई स्थान घटुवा भएको छ ।

दक्षिण एसियाली क्षेत्रबाट नेपालभन्दा पछि रहेको बंगलादेश १८६औं स्थानमा छ भने भुटान १८९औं स्थानमा छ । पाकिस्तान २००औं स्थानमा हुँदा श्रीलंका १०६औं स्थानमा छ ।

यता, विश्व वरीयतातर्फ भने टप–१५ को वरीयतामा कुनै परिवर्तन छैन । शीर्ष टोली बेल्जियमले विश्व वरीयतामा लगातार तेस्रो वर्ष शीर्ष स्थानमा रहेर पूरा गरेको छ । ऊ पछिल्ला तीन वर्षदेखि लगातार वरीयताको नम्बर १ मा छ ।

यता, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड, पाँचौंमा पोर्चुगल, छैटौंमा स्पेन, सातौंमा अर्जेन्टिना, आठौंमा उरुग्वे, नवौंमा मेक्सिको र १०औं स्थानमा इटाली रहको छ । ११औं स्थानमा क्रोएसिया, १२औं स्थानमा डेनमार्क, १३औं स्थानमा जर्मनी, १४औं स्थानमा नेदरल्यान्ड्स र १५औ स्थनमा कोलम्बिया रहको छ ।

प्रकाशित मिति २५ मंसिर २०७७, बिहीबार १७:५१
Loading...