कतार विश्वकपका लागि युरोपियन क्षेत्रको छनौट ड्र घोषणा : कसको भिडन्त कोसँग ?

काठमाडौं, मंसिर २३
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशअन्तर्गत छनौट खेलको ड्र घोषणा भएको छ । युइएफएले सोमबार राति समूह चरण विभाजन गरेको हो । सार्वजनिक ड्र अनुसार युरोपका ५५ वटा देशलाई विभिन्न १० समूहमा बाँडिएको छ ।

खेल तालिकाअनुसार छनौट खेलहरू मार्च महिनाबाट सुरु हुनेछन् । छनौटको फर्म्याटअनुसार आफ्नो समूहको शीर्ष टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछ । तर, दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनौट खेल पनि खेल्नुपर्नेछ । १० समूहबाट २० टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति २३ मंसिर २०७७, मंगलवार १०:१२
Loading...