फुटबलर रेनुकाले कसिन् लगनगाँठो

काठमाडौं, मंसिर १६
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुका नगरकोटीले लगनगाँठो कसेकी छन् । उनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै जनकपुरका अभिषेक लामासँग वैवाहिक सम्बन्ध गाँसेकी हुन् । रेनुका विगागीय टोली एफिएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन् । उनी राष्ट्रिय टोलीकी पनि खेलाडी हुन् ।

रेनुका र अभिषेकबीच विगत ७ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । लामो समय सम्बन्धमा रहेपछि उनीहरूले औपचारिक रूपमै एक हुने निर्णय गरेका हुन् । रेनुकाले नेपाली राष्ट्रिय महिला टिमको कप्तानीसमेत गरिसकेकी छन् ।

रेनुका मिडफिल्ड पोजिसनबाट खेल्छिन् । गएको वर्ष पोखरामा नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्दा रेनुका पनि टोलीलाई सघाएकी थिइन् । रेनुकाले आजभन्दा ४ वर्षअघि नै चौथो महिला साफ च्याम्पियनसिफ फुबलमा नेपाली टोलीको कप्तानी गरेकी थिइन् ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार १८:५९
Loading...