रोनाल्डो सिरी ए लिगको सर्वाधिक गोलकर्तामा उक्लिए

काठमाटौं, मंसिर ७
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो घरेलु सिरी ए लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उक्लिएका छन् । गत राति लिगको पाँचौं खेलमा घरेलु मैदानमा क्याग्लिअरीविरुद्ध २ गोल गरेसँगै रोनाल्डोले यो सिजन लिगमा गरेको कूल गोल संख्या ८ पुगेको छ ।

उमेरले ३६ वर्ष नजिक रहेका रोनाल्डो यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा चढेका हुन् । यता, रोनाल्डोसँगै एसी मिलानका ३८ वर्षीय फरवार्ड ज्लाटन इब्राहिमोभिच पनि समान ८–८ गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा छन् । रोनाल्डोले ५ खेलबाट ८ गोल गर्दै शीर्ष स्थानमा रहँदा ५ खेलबाट ८ गोल नै गरेका ज्लाटन दोस्रो स्थानमा छन् ।

तर, गोल रेटमा रोनाल्डो अब्बल रहेकाले उनी शीर्ष स्थानमा छन् । रोनाल्डोले यो सिजन कूल ५ खेल मात्रै खेल्दा ८ गोल गरेका छन् । यसलाई अंकगणितीय रूपमा हेर्द उनले हरेक ४८ मिनेटमा १ गोल गरेका छन् । यता, ज्लाटनले पनि ५ खेलबाटै ८ गोल नै गरेका छन् । तर, गोल रेटमा ज्लाटन पछि छन् । उनले रोनाल्डोको भन्दा बढी समय खेलेका छन् । रोनाल्डोले हरेक ४८ मिनेटमा १ गोल गर्दा ज्लाटनले भने हरेक ५६ मिनेटमा १ गोल गरेका छन् ।

तर, ज्लाटनको टिम एसी मिलानले आजै राति आफ्नो आठौं खेल अवे मैदानमा नापोलीसँग खेल्दैछ । यदि सो खेलमा ज्लाटनले गोल गरे उनले रोनाल्डोलाई सर्वाधिक गोलमा पछि पार्ने अवसर छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार २१:२५
Loading...