पेनाल्टी गोलको मदतमा युनाइटेडको जित : फर्नान्डेज पेनाल्टीमा चुके

काठमाडौं, मंसिर ७
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पाहुना टोली वेस्ट ब्रुममाथि १–० को साँघुरो जित निकालेको हो । यसै सिजन शीर्ष लिगमा उक्लिएको टिमलाई घरेलु मैदानमा जिताउन युनाइटेडले पेनाल्टी गोलको सहारा लिनुपरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा युनाइटेडले ज्यादा पकड जमाए पनि उसले खेलभरिमा १ गोल पनि ओपन एरियाबाट गर्न सकेन । यतिसम्म कि, युनाइटेडले त दोस्रोपटक पेनाल्टी हान्दा मात्रै गोल गरेको थियो । खेलको ५५औं मिनेटमा बक्समा वेस्ट ब्रुमका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले युनाइटेडलाई सोझै पेनाल्टी दिए ।

तर, नियमित पेनाल्टी टेकर ब्रुनो फर्नान्डेजको पहिलो पेनाल्टी प्रहार गोलकिपरले सजिलै रोकिदए । तर, पेनाल्टी रोक्नेक्रममा वेस्ट ब्रुमका गोलकिपरले नियम उल्लंघन गरेको भन्दै रेफ्रीले युनाइटेडलाई दोस्रोपटक पेनाल्टी हान्ने मौका दिए, जसमा फर्नान्डेजले नै दोस्रोपटक प्रहार गर्दै यसपटक गोल गर्न सफल भए । उनको गोलपछि खेलभरि नै वेस्ट ब्रुम खेलमा फर्किन सकेन । र, खेल युनाइटेडले १–० ले जित्यो ।

अब यो जितपछि युनाइटेडले अंक तालिकामा केही सुधार गरेको छ । उसले ८ खेलबाट १३ अंक जोडेर नवौं स्थानमा चढेको छ । पराजित वेस्ट ब्रुम मात्रै ३ अंक बनाएर १८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार १०:२५
Loading...