बार्सिलोनालाई ठूलो झट्का : एथ्लेटिकोसँग हार्‍यो, चलेन मेस्सीको जादु !

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनालाई उपाधि होडमा ठूलो झट्का लागेको छ । ऊ लिगको आठौं खेलमा एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा एथ्लेटिकोले आफ्नो घरेलु मैदानमा पाहुना टोली बार्सिलोनालाई १–० ले स्तब्ध बनायो । बार्सिलोनाले आफ्नै गल्तीले पहिलो हाफमा खाएको १ गोल निकै महँगो पर्न गयो ।

गोल खाएपछि गोल फर्काउन नसक्दा बार्सिलोनाले महत्त्वपूर्ण अंक अवे मैदानमा गुमायो । पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिए पनि एथ्लेटिकोको मजबुत रक्षापंक्तिसामु बार्सिलोनाका फरवार्डको कुनै सिप चलेन । कप्तान लिओनल मेस्सीले आज पनि लगातार आफ्नो जादु देखाउन सकेनन् ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०३:४२
Loading...