यस्तो हुनेछ एथ्लेटिको र बार्सिलोनाको सम्भावित प्लेइङ–११

काठमाडौं, मंसिर ६
स्पेनिस ला लिगा फुटबलमा आज राति लिगका दुई बलिया टोलीहरू एथ्लेटिको मड्रिड र बार्सिलोनाको रोमाञ्चक खेल हुँदैछ । खेल एथ्लेटिको मड्रिडको घरेलु मैदान स्टाडियो वान्डा मेट्रोपोलिटानो रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । सिजनका सुरुआती ७ खेल सकिँदा खराब स्थितिमा रहेको बार्सिलोनामाथि आज ज्यादा दबाब हुनेछ ।

आज घरेलु मैदानमा उत्रिँदा डिएगो सिमानीको टोलीमा अनुभवी फरवार्ड लुइस स्वारेज हुनेछैनन् । कोरोना भाइरसको संक्रमणका कारण उनी पूर्वक्लबविरुद्ध खेल्न उपलब्ध छैनन् । उनीबाहेक अन्य प्रमुख खेलाडी आज टोलीमा हुनेछन् । लिगकै एक बलियो टोलीविरुद्ध उत्रिँदा सिमोनीले आज नम्बर वान टोली उतार्नेछन् ।

यता, बार्सिलोनाको टोलीमा आज कप्तान मेस्सीसहितका खेलाडी हुनेछन् । फ्रन्ट लाइनमा अन्सु फाती हुनेछैनन् भने मिडफिल्डमा सर्जियो बुस्केट्स पनि छैनन् । दुवै खेलाडी घाइते छन् । अन्य खेलाडी रोनाल्ड कोम्यानका लागि उपलब्ध छन् ।

Atletico Madrid possible starting line-up vs Barcelona :

Jan Oblak (GK), Mario Hermoso, Stefan Savic, Jose Gimenez, Kieran Trippier, Saul Niguez, Koke, Renan Lodi, Geoffrey Kondogbia, Marcos Llorente, Joao Felix

Barcelona possible starting line-up vs Atletico Madrid:

Marc-Andre ter Stegen (GK), Gerard Pique, Sergino Dest, Jordi Alba, Clement Lenglet, Miralem Pjanic, Frenkie de Jong, Ousmane Dembele, Philippe Coutinho, Antoine Griezmann, Lionel Messi

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १७:४२
Loading...