इटालियन सुपर कपको खेल हुने मिति घोषणा

एजेन्सी, मंसिर ६
इटालियन सुपर कप फुटबलको नयाँ संस्करणको खेल मिति घोषणा भएको छ । इटालियन फुटबल संघले आज २०२० को प्रतियोगिताको मिति घोषणा गरेको हो । प्रतियोगिता यस वर्षभित्रै हुनुपर्ने भए पनि कोरोना भाइरस महामारीको असरले केही ढिलो गरी २०२१ को सुरुआतमा हुने भएको छ ।

यसपटक सुपर कप उपाधिका लागि गत सिजनको सिरी ए च्याम्पियन युभेन्टस र गत सिजनको सुपर कप च्याम्पियन लाजियोबीच हुनेछ । यो प्रतियोगिता हरेक पटक अघिल्लो सिजनको लिग च्याम्पियन र अघिल्लो सिजनको सुपर कप विजेताले खेल्छन् । यदि लिग च्याम्पियन र सुपर कप विजेता एकै टोली परे उपविजेताले खेल्न पाउँछन् ।

यसपटक सुपर कपको उपाधि भिडन्त अर्को वर्ष २०२१ को जनवरी २० तारिखमा हुनेछ । यसपटक यो खेल सिरी ए टोली सासुओलोको घरेलु मैदानमा हुनेछ । यसपटक हुन लागेको ३३औं संस्करण हो । गत सिजन यो उपाधि लाजियोले युभेन्टसलाई १–३ ले हराएर जितेको थियो ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १६:५२
Loading...