मेस्सी आज ८००औं खेल खेल्दै : तथ्यांकमा हेरौं ८०० खेलको यात्रा

काठमाडौं, मंसिर ६
स्पेनिस बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले आज राति क्लब करिअरको ८००औं खेल खेल्दैछन् । ला लिगामा आज राति एथ्लेटिको मड्रिड र बार्सिलोना मड्रिड सहरस्थित वान्डा मेट्रोपोलिटानो रंगशालामा खेल्दा अर्जेन्टिनी फरवार्ड मेस्सीका लागि बार्सिलोनाको जर्सीमा ८००औं खेल हुनेछ ।

सन् २००३ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले हालसम्म कूल ७९९ खेल खेल खेलिसकेका छन् । ७९९ खेलमा अफिसियल र मैत्रीपूर्ण सबै खेल संख्या जोडिएको छ । मेस्सीले क्याटलान क्लबका १७ वर्षे करिअर बिताउँदै गर्दा आज राति ८०० खेलको महत्त्वपूर्ण कोसेढुंगा पूरा गर्नेछन् ।

मेस्सलिे सन् २००३ को नोभेम्बर १६ ताखिरमा पोर्टोसँगको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । उनले हालसम्म खेलेका ७९९ खेलमध्ये ७४१ अफिसियल खेल छन् भने बाँकी ५८ मैत्रीपूर्ण खेल छन् । शनिबार उनले एथ्लेकिकोविरुद्ध अफिसियल खेल खेल्दा समग्रमा ८००औं खेल खेल हुनेछ ।

मेस्सीले खेलेका ७९९ खेलमध्ये ५६१ खेल जितेका छन्, जसमा ५१९ अफिसियल खेल हुन् । त्यसैगरी, १४९ खेल बराबरी भएका छन्, जसमा १३७ अफिसियल खेल हुन् । मेस्सीले बार्सिलोनाको जर्सीमा कूल ८९ खेल मात्रै हारेका छन्, जसमा ८५ अफिसियल र बाँकी ४ खेल हुन् । मेस्सीले ७९९ खेलबाट कूल ६७७ गोल गरेका छन्, जसमा ६४० अफिसियल गोल हुन् ।

यता, मेस्सीले १७ वर्ष दौरान ७९९ खेल खेलिसक्दा हालसम्म कूल ३४ उपाधि जितिसकेका छन् । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिग उपाधि छन् । त्यसैगरी, ६ कोपा डेल रे, ३ क्लब विश्वकप, ३ युरोपियन सुपर कप र ८ स्पेनिस कप रहेका छन् । मेस्सी बार्सिलोनाको इतिहासमा सर्वाधिक उपाधि विजेता, सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडी हुन् ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार १५:५७
Loading...