प्रिमियर लिगमा आज टोटनह्याम र सिटीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, मंसिर ६
अन्तर्राष्ट्रिय ब्रेक सकिएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति चार खेल हुँदैछन् । आज हुने चार खेलमध्ये उलिगका बलिया टिमहरू टोटनह्याम र म्यानचेस्टर सिटी सिजनको पहिलो लेगको खेलमा आमनेसामने हुँदैछन् । यो खेल टोटनह्यामको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक ११ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा टोटनह्याम ८ खेल सकिँदा १७ अंक बनाएर दोस्रो स्थानमा छ । उसले ८ मध्ये ५ खेल जितेर २ खेल बराबरी गरेको छ भने १ खेल हारेको छ । लिग लिडर लेस्टर सिटी समान खेलपछि १८ अंकसहित सिरानमा रहेको छ ।

यता, आज टोटनह्यामको घरमा उत्रिन लागेको पेप ग्वार्डिओलाको सिटी कमजोर स्थितिमा छ । ऊ ७ खेलपछि मात्रै १२ अंक बनाएर १०औं स्थानमा । उसले खेलेका ७ मध्ये ३ खेल जित्दा ३ खेल बराबरी गरेर १ खेल हारेको छ । सिटी एक खेल बढी खेलेको लिग लिडर लेस्टरभन्दा ६ अंकले पछि छ ।

आजका खेल नेपाली समयमा

न्युक्यासल भर्सेस चेल्सी – साँझ ६ः१५ बजे

एस्टोन भिल्ला भर्सेस ब्राइटन – राति ८ः४५ बजे

टोटनह्याम भर्सेस म्यानचेस्टर सिटी – राति ११ः१५ बजे

म्यानचेस्टर युनाइेड भर्सेस वेस्ट ब्रुम – राति १ः४५ बजे

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०९:३६
Loading...