लेवान्डोस्कीलाई ‘प्लेयर अफ् द मन्थ’ अवार्ड

काठमाडौं, मंसिर ५
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की प्लेयर अफ् द मन्थ घोषित भएका छन् । आज बुन्डेसलिगाले पोलिस फरवार्डलाई अक्टोबर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित गरेको हो । अक्टोबर महिनाभरमा लेवान्डोस्कीले घरेलु लिगमा मात्रै ३ खेलबाट ९ गोल र १ असिस्ट गर्दा उच्च प्रदर्शन गरेका थिए ।

लेवान्डोस्कीले हर्थाविरुद्ध एकै खेलमा ४ गोल गरेका थिए । त्यसपछि अर्मानियाविरुद्ध २ गोल गरेका थिए भने फ्रान्कफुर्टविरुद्ध पनि ३ गोल गरेका थिए । मात्रै ३ खेलबाट ९ गोल गर्दा उनले दुई खेलमा ह्याट्रिक गरेका थिए । उनलाई प्लेयर अफ् द अवार्ड शनिबार घरेलु मैदानमा हुने वेर्डरविरुद्धको खेलअघि प्रदान गरिनेछ ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार २२:००
Loading...