रोनाल्डोले युभेन्टसको कप्तानी गर्दै

एजेन्सी, मंसिर ५
इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन टोलीका लागि पहिलोपटक कप्तानको आर्मब्यान्ड लगाउने भएका छन् । शनिबार राति सिरी ए लिगमा युभेन्टसले घरेलु मैदानमा क्याग्लिअरीको सामना गर्दा पोर्चुगिज खेलाडीले कप्तानी गर्ने करिब–करिब तय छ ।

टोलीका नियमित कप्तान जर्जियो किलिनी र उपकप्तान लियान्द्रो बोनुची दुवै घाइते भएर क्याग्लिअरीविरुद्ध टोलीमा हुनेछैनन् । यी दुई सिनियर कप्तानको अनुपस्थितिमा पाउलो डिबाला तेस्रो वरीयताका कप्तान हुन् । तर, प्रशिक्षक आन्ड्रेया पिर्लोले अक्सर डिबालालाई दोस्रो हाफमा मात्रै मैदान छिराउने हुनाले भोलिको खेलमा डिबाला सरुआतमा नहुने अवस्थामा अन्य खेलाडीले कप्तानी पाउनेछन् ।

त्यो बेला वरीयताका आधारमा रोनाल्डोले कप्तानको आर्मब्यान्ड लगाउनेछन् । यदि भोलिकै खेलमा पिर्लोले डिबालालाई सुरुआतमा खेलाए कप्तानी डिबालाले नै गर्नेछन् । तर, डिबाला बेन्चमा बसे रोनाल्डोले नै कप्तानी गर्नेछन् । रोनाल्डोले हालसम्म युभेन्टसको टोलीमा कप्तानको आर्मब्यान्ड लगाएका छैनन् । क्याग्लिअरीविरुद्ध त्यो भूमिका उनले पाउने सम्भावना छ ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १७:२२
Loading...