लिग वानमा आज मोनाको र पिएसजी भिड्दै

काठमाडौं, मंसिर ५
अन्तर्राष्ट्रिय ब्रेकपछि फ्रेन्च लिग वान फुटबल आजदेखि सुचारु हुँदैछ । आज पहिलो दिन दुई खेल हुँदा एक खेलमा लिगका बलिया टोली मोनाको र पिएसजी आमनेसामने हुँदैछन् । यो खेलका लागि छैटौं स्थानमा रहेको मोनाकोले लिग लिड पिएसजीलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

लिगमा हाल १० खेल सकिएका छन् । ११औं साताको ण्खेलअघि पिएसजी १० खेलबाट २४ अंक बनाएर शीर्ष स्थानमा छ । उसले १० मध्ये ८ खेल जितेको छ भने २ खेल हारेको छ । यता, मोनाको हाल १७ अंकसहित छैटौं स्थानमा छ । उसले ५ खेल जितेर २ खेल बराबरी गर्दा ३ खेल हारेको छ ।

आज अवे मैदानमा उत्रिँदा पिएसजीको टोलीमा प्रमुख फरवार्ड नेइमार बेन्चमा हुनेछन । तर, केलियन एमबाप्पेले आज सुरुआत गर्ने सम्भावना छ । यसअघि फ्रान्सको टोलीमा चोटका नखेलेका एमबाप्पे अब मैदान उत्रिन फिट भएका छन् । आज पिएसजीको फ्रन्ट लाइनमा एमबाप्पे र डि मारियासँगै पाब्लो सराबिया हुनेछन् ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १३:०७
Loading...