एथ्लेटिको मड्रिडसँगको खेलअघि बार्सिलोनाका प्रमुख खेलाडी प्रशिक्षणमा अनुपस्थित

एजेन्सी, मंसिर ५
स्पेनिस फुटबल क्लब बार्सिलोनाका ३ जना प्रमुख खेलाडीले अन्तर्राष्ट्रिय ब्रेकपछिको पहिलो दिनको क्लब प्रशिक्षणमा अनुपस्थित रहेका छन् । सिनियर टोलीका १० जना खेलाडी राष्ट्रिय टिमको ड्युटीबाट फकिएर बिहीबारदेखि प्रशिक्षण प्रशिक्षण सुरु गरेका छन् ।

तर, टोलीका कप्तान लिओनल मेस्सी, मिडफिल्डरद्वय फ्रेन्की डे जोङ र मिरालेम पियानिच पहिलो दिनको प्रशिक्षणमा अनुपस्थित भए । मेस्सी अर्जेन्टिना, डे जोङ नेदरल्यान्ड्स र पियानिच बोस्निा एन्ड हर्जगोभिनाबाट फर्किएपछि कोरोना भाइरसको पिसिआर जाँचको रिपोर्ट आइनसकेले उनीहरूले सुरुआती प्रशिक्षण गुमाएका हुन् ।

यी ३ जनै खेलाडीको कोरोना रिपोर्ट शुक्रबारसम्म आइसक्नुपर्नेछ । यदि खेल हुने समयभन्दा २४ घन्टाअघि पिसिआर रिपोर्ट नेगेभिट नआए खेलाडीले खेल्न ंहुनपाउँदैनन् । बार्सिलोनाले शनिबार राति ला लिगामा आठौं साताको खेल अवे मैदानमा एथ्लेटिको मड्रिडसँग खेल्नेछ । बार्सिलोनाका लागि यो खेल कठिन हुनेछ ।

मेस्सी, डे जोङ र पियानिच ३ जनै खेलाडीले आ–आफ्नो राष्ट्रिय टोलीमा ठीकठाक खेलेर फर्किएका हुन् । यो समाचार बनाउँदासम्म यी ३ जनै खेलाडीको पिसिआर रिपोर्ट आइसकेको छैन । यी ३ जनामध्ये पियानिच केही समयअघि मात्रै कोरोनाबाट संक्रमित भएर निको भएका हुन् ।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार ०८:४६
Loading...