यस्तो छ कोरोना संक्रमित सालाहको पछिल्लो अवस्था

एजेन्सी, कात्तिक ४
कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित इंग्लिस क्लब लिभरपुलका स्टार खेलाडी मोहमद सालाहको दोस्रो कोरोना जाँच रिपोर्ट पनि पोजेटिभ आएको छ । संक्रमित भएर आइसोलेसनमा बस्न थालिकन गरिएको उनको दोस्रो जाँच पनि पोजेटिभ आएपछि सालाहको आइसोलेसन बसाइ थप लम्बिएको छ ।

इजिप्टको फुटबल संघले सालाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनकोे दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको बताएको छ । २८ वर्षीय सालाहलाई संक्रमणमुक्त हुन थप समय लाग्ने भएपछि उनले प्रिमियर लिगमा लेस्टर सिटीसँगको खेल गुमाउने पक्का भएको छ । सो खेल आइतबार राति हुँदैछ ।

यता, सालाहले युरोपियन च्याम्पियन्स लिगमा अर्को साता इटालियन क्लब एटलान्टाविरुद्धको खेल पनि गुमाउने भएका छन् । सालाह अघिल्लो साता इजिप्टको राष्ट्रिय टोलीको ड्युटीमा रहेका बेला कोरोनाबाट संक्रमित भएका थिए ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १२:३५
Loading...