नेसन्स लिगको सेमिफाइनल समीकरण पूरा : सेमिफाइनलका खेलबारे जानकारी

काठमाडौं, मंसिर ४
युरोपियन महादेशमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा रूपमा आयोजना हुने युइएफए नेसन्स लिग फुटबलको दोस्रो संकरणमा सेमिफाइनलको समीकरण पूरा भएको छ । गत राति बेल्जियम र इटाली समूह विजेता बनेसँगै सेमिफाइनलमा प्रतिसपर्धा गर्ने ४ वटै टोलीको टुंगो लागेको हो ।

यसपटक नेसन्स लिगको सेमिफाइनलमा साबिक च्याम्पियन पोर्चुगलबिनै प्रतिस्पर्धा हुनेछ । अर्थात्, यसपटक नयाँ टोली च्याम्पियन बन्ने पक्का भएको छ । पोर्चुगल अन्तिम खेल बाँकी छँदै समूह चरणको पाँचौं खेलमा आफ्नो घरमा फ्रान्ससँग ०–१ ले पराजित भएपछि उसको उपाधि यात्रामा पूर्णविराम लागेको थियो । उसले अन्तिम खेलमा क्रोएसियालाई हराएको थियो ।

यसपटक सेमिफाइनलमा युरोपका हेभिवेट टोलीहरू प्रवेश गरेका छन् । उपाधिका लागि फाइनल प्रवेश गर्न फ्रान्स, बेल्जियम, स्पेन र इटालीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । सबै टोली आ–आफ्नो समूहबाट समूह विजेता बनेर ‘फाइनल फोर’मा प्रवेश गरेका हुन् ।

जसमा इटाली लिग ‘लिग ए–ग्रुप ए’बाट १२ अंकसहित समूह विजेता बन्दा बेल्जियम ‘ग्रुप बी’बाट १५ अंकसहित समूह विजेता बन्यो । त्यसैगरी, फ्रान्स ‘लिग ए–ग्रुप ३’ बाट १६ अंकसहित समूह विजेता बन्यो भने स्पेन ‘ग्रुप डी’बाट ११ अंकसहित समूह विजेता बन्यो ।

सेमिफाइनलमा खेल कहिले ?

अब प्रतियोगितामा सेमिफाइनलका खेल अर्को वर्ष इटालीले आयोजना गर्नेछ । सार्वजनिक खेल तालिकाअनुसारसन् २०२१ को अक्टोबर ६ देखि १० तारिखसम्म सेमिफाइनल र फाइनल चरण खेल खेलाइनेछ । सेमिफाइनलको ड्र खेल तालिकाभन्दा ३ महिना अघि युइएफएले सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार ११:५९
Loading...