इटाली समूह विजेता बनेर नेसन्स लिगको सेमिफाइनलमा

काठमाडौं, मंसिर ४
समूह चरणको अन्तिम खेलमा सहज जित निकाल्दै इटाली युइएफए नेसन्स लिग फुटबलको अर्को चरण प्रवेश गरेको छ । गत राति भएको खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई उसकै घरेलु मैदानमा ०–२ ले निराश बनाउँदै प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो ।

बोस्नियाको घरेलु मैदानमा इटालीलाई जिताउनेक्रममा आन्ड्रेया बेलोट्टी र डोमेनिको बर्राडीले १–१ गोल गरे । इटालीले खेलको २२औं मिनेटमा बेलोट्टीको गोलबाट अग्रता लिएको थियो । सो गोलमा लोरेन्टो इन्सिग्नेले असिस्ट प्रदान गरेका थिए ।

त्यसपछि इटालीलाई दोस्रो गोल थप्न खेलको ६८औं मिनेटसम्म पर्खिनु परेको थियो । यससपटक बर्राडीले गोल गरेर पाहुना टोलीको अग्रता दोब्बर पारे । त्यसपछि बाँकी समयमा खेलमा थप गोल नभएपछि खेल इटालीले ०–२ ले जित्यो ।

यो जितपछि इटाली ‘समूह ए’को विजेता बनेर अर्को चरण प्रवेश गरेको छ । अर्को चरणका लागि अन्तिम खेलमा जित आवश्यक रहेकोमा इटालीले त्यसलाई प्राप्त गर्दै समूह विजेता बन्न सफल भयो । उसले कूल १२ अंक जोड्यो । नेदरयान्ड्स भने ११ अंकसहित दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार ०७:१६
Loading...