युभेन्टसलाई राहत : डि लिग्ट र सान्ड्रो चोटमुक्त हुँदै फर्किए

एजेन्सी, मंसि ३
इटालियन क्लब युभेन्टसका दुई जना प्रमुख डिफेन्डर एलेक्स सान्ड्रो र माथिस डि लिग्ट चोटमुक्त भएका छन् । उनीहरू दुवै निको भएर प्रशिक्षणमा फर्किएका हुन् । क्लबले पनि अफिसियल रूपमा जानकारी दिँदै यसको पुष्टि गरेको छ ।

डच डिफेन्डर डि लिग्ट गत अगस्ट महिनामै घाइते भएका थिए । उनको काँधको शल्यक्रिया भएको थियो । उनी लामो समयपछि मैदान फर्किन तयार भएका हुन् । उनले युभेन्टसको आगामी क्याग्लिअरीविरुद्धको खेलबाट कमब्याक गर्नेछन् । उनका लागि यो सिजनको पहिलो खेल हुनेछ ।

यता, ब्राजिलियन डिफेन्डर सान्ड्रो पनि निको भएका छन् । युभेन्टसमा अहिले उपकप्तान लियान्द्रो बोनुची पनि घाइते छन् । उनी दुई सातापछि टोलीमा फर्किने सम्भावना छ । त्यसैगरी, टोलीका अन्य खेलाडी पनि फिटनेस समस्यामा छन् । फेडरिको किइजा, पाउलो डिबाला, आरोन राम्से र जर्जियो किलिनी पनि चोटपछि मैदान फर्किने अन्तिम तयारीमा रहेको खबर छ ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार २१:५१
Loading...