फिफा क्लब विश्वकपको मिति र खेल तालिका तय

काठमाडौं, कात्तिक ३
फिफा क्लब विश्वकप फुटबलको २०२१ को खेल तालिका र मिति तय भएको छ । फिफाले मंगलबार क्लब विश्वकप–२०२१ आगामी फेब्रुअरी महिनामा आयोजना गर्ने गरी तालिका घोषणा गरेको छ । यसपटक यो प्रतियोगिता सन् २०२२ को विश्वकप आयोजक देश कतारमा फेब्रुअरी १ देखि ११ तारिखसम्म चल्नेछ ।

यसअघि भने फिफा विश्वकप डिसेम्बर महिनामा हुँदै आएको थियो । तर, कोरोना भाइरस महामारीका कारण यसवर्ष खेल तालिका तल–माथि हुँदा विश्वकप केही पर धकेलिएको हो । गत वर्षको क्लब विश्वकप उपाधि इंग्लिस क्लब लिभरपुलले जितेको थियो ।

फिफा विश्वकपमा महादेशस्तरका क्लब फुटबल प्रतियोगिताका च्याम्पियन टिमहरूले प्रतिस्पर्धा गर्छन् । फेब्रअुरीमा हुने प्रतिोगितामा युरोप महादेशबाट च्याम्पियन्स लिगको विजेता टोली जर्मन क्लब बार्यन म्युनिखले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १९:१३
Loading...