आज पोल्यान्ड–नेदरल्यान्ड्स र बेल्जियम–डेनमार्क भिड्दै : इटालीको खेल पनि आजै

काठमाडौं, कात्तिक ३
युइएफए नेन्स लिग फुटबलमा आज राति समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । आज राति कूल १८ खेल भएपछि समूह चरणका सबै खेलहरू सकिनेछन् । आज राति हुने खेलहरूमध्ये केही खेल महत्त्वपूर्ण हुनेछन् । त्यसमध्ये समूह ‘ए’ का दुई खेल निर्णायक हुनेछन् ।

यस समूहमा इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना रहेका छन् । हालको स्थितिमा इटाली र नेदरल्यान्ड्समध्ये एक टोली अर्को चरण जाने अवस्था छ । पोल्यान्डको अर्को चरण जाने सम्भावना यसअघिकै खेलबाट सकिएको थियो ।

अंक तालिकामा इटाली ९ अंक बनाएर शीर्ष स्थानमा हुँदा नेदरल्यान्ड्स ८ अंक बनाएर दोस्रो स्थानमा छ । ७ अंक भएको पोल्यान्ड तेस्रो स्थानमा छ भने २ अंक भएको बोस्निया चौथो स्थानमा छ । आज राति एक खेलमा नेदरल्यान्ड्स र पोल्यान्ड खेल्दा अर्को खेलमा इटाली र बोस्नियाको खेल हुनेछ ।

यस समूहबाट अर्को चरण जान इटाली प्रमुख दाबेदार हो । आफ्नो नतिजाले अर्को चरण जान आज राति उसले बोस्नियालाई जिते पुग्छ । तर, नेदरल्यान्ड्सलाई अर्को चरण जान भने आफ्नो खेलमा पोल्यान्डलाई हराएर मात्रै पुग्दैन, उसले इटालीको नतिजामा पनि भर पर्नुपर्छ । यदि आज इटाली बोस्नियासँग बराबरीमा रोकिए वा पराजित भएको खण्डमा नेदरल्यान्ड्सले पोल्यान्डलाई हराएर अर्को चरण जानेछ । तर, इटालीले नहारी बराबरी मात्रै गरेको अवस्थामा भने नेदरल्यान्ड्सलाई पोल्यान्डमाथिको स्पष्ट जित काफी हुनेछ ।

उता, ‘लिग ए ग्रुप २’ मा आज राति एक निर्णायक खेल हुँदैछ । यस समूहबाट बेल्जियम र डेनमार्कमध्ये एक टोली अर्को चरण जान दाबेदार छन् । हाल बेल्जियम १२ अंकसहित सिरानमा छ भने डेनमार्क १० अंकसहित दोस्रो स्थानमा छ । आज राति हुने बेल्जियम र डेनमार्कको खेलबाट अर्को चरण जाने टोलीका टुंगो लाग्नेछ ।

यदि आज राति आफ्नो घरमा हुन खेलमा नहारी बराबरी मात्रै गरे पनि बेल्जियम समूह विजेता बनेर अर्को चरण जानेछ । तर, यदि डेनमार्कले बेल्जियमलाई उसकै घरमा स्पष्ट रूपमा हराउन सके ऊ १३ अंकसहित समूह विेजता बन्दा बेल्जियम आउट हुनेछ । यस समूहबाट इंग्ल्यान्ड भने यसअघि नै उपाधि हाडबाट आउट भइसकेको छ ।

आजका केही प्रमुख खेलहरू नेपाली समयमा

वेल्स भर्सेस फिनल्यान्ड – राति १३० बजे

पोल्यान्ड भर्सेस नेदरल्यान्ड्स – राति १३० बजे

सर्बिया भर्सेस रसिया – राति १३० बजे

हंगेरी भर्सेस टर्की – राति १३० बजे

इंग्ल्यान्ड भर्सेस आइसल्यान्ड – राति १३० बजे

बोस्निया एन्ड हर्जगोभिना भर्सेस इटाली – राति १३० बजे

बेल्जियम भर्सेस डेनमार्क – राति १३० बजे

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १६:३२
Loading...