पहिलो हाफमा पेरुविरुद्ध अर्जेन्टिना ०–२ ले अघि

काठमाडौं, मंसिर ३
सन् २०२२मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलअन्तर्गत अहिले पेरु र अर्जेन्टिनाबीच खेल जारी छ । पेरुको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली अर्जेन्टिनाले ०–२ को सहज अग्रता बनाएको छ ।

सुरुआतबाटै आक्रामक खेल पकिस्कएको अर्जेन्टिनाका लागि खेलको १७औं मिनेटमा निकोलास गोन्जालेजले मैदानको माथिल्लो क्षेत्रबाट शक्तिशाली प्रहारमा उत्कृष्ट ढंगले बललाई जाली चुमाएका थिए । सो गोलमा जिओभानी लो सेल्सोले असिस्ट गरेका थिए ।

त्यसछि खेलको २८औं मिनेटमै अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । यसपटक लामो लौटारो मार्टिनेजले वान भर्सेस वानमा पेरुका गोलकिपरलाई पोस्ट नजिकै बिट गरेर सहजै गोल गरे । उनको गोलमा लियान्द्रो पाराडेसले असिस्ट दिएका थिए । अर्जेन्टिना कप्तान लिओनल मेस्सीसहित खेलिरहेको छ ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार ०७:०१
Loading...