कतार विश्वकप छनौट : पेरुविरुद्ध खेल्दै अर्जेन्टिना

काठमाडौं, मंसिर २
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा जारी छनौट खेलअन्तर्गत आज रातिबाट भोलि बिहानसम्ममा विभिन्न पाँच खेल हुँदैछन् । ती पाँच खेलमध्ये लिओनल मेस्सीको टिम अर्जेन्टिना र पेरुको खेल आकर्षणको एक खेल हुनेछ ।

कप्तान मेस्सी यतिबेला राष्ट्रिय टोलीमा समावेश छन् । र, उनले ठीकठाक प्रशिक्षण पनि पूरा गरेका छन् । यसअघि पराग्वेविरुद्धको खेल पनि उनले खेलेका थिए । पछिल्लो समय क्लब बार्सिलोना र राष्ट्रिय टोलीमा पनि खराब स्थितिबाट गुज्रिरहेका मेस्सीका लागि आज रातिको खेल लयमा फर्किन अवसर हुन सक्छ ।

हालसम्म १० वटै देशले सुरुआतका तीन खेल खेलिसकेका छन् । ३ खेल सकिँदा ब्राजिल शतप्रशित नतिजासहित ९ अंक जोडेर शीर्ष स्थानमा छ । ७ अंक भएको अर्जेन्टिना दोस्रो स्थानमा छ भने ६–६ अंक भएका इक्वेडर र उरुग्वे क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।

आज रातिबाट हुने खेल नेपाली समयअनुसार

इक्वेडर भर्सेस कोलम्बिया – बिहान राति २ः४५ बजे

भेनेज्वेला भर्सेस चिली – बिहान राति २ः४५ बजे

पराग्वे भर्सेस बोलिभिया – बिहान ४ः४५ बजे

उरुग्वे भर्सेस ब्राजिल – बिहान ४ः४५ बजे

पेरु भर्सेस अर्जेन्टिना – बिहान ६ः१५ बजे

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १९:५२
Loading...